विश्व वन्यजन्तु कोष मङ्गोलियाका अनुसार पश्चिमी मङ्गोलियामा पाइने लोपोन्मुख मङ्गोलियन अर्गाली भेडाको संख्या बढेर ३ हजार ६ सय पुगेको छ। रूससँगको पश्चिमी सिमानामा बसोबास गर्ने अर्गाली भेडाको जनगणना २०२३ देखि यो वर्ष अक्टोबरसम्म बायान–उल्गी र उभ्स प्रान्तमा गरिएको थियो।

कानून कार्यान्वयन, बासस्थान व्यवस्थापन, रोग रोकथाम तथा सामुदायिक संलग्नतामार्फत वातावरणीय र मानवजन्य असर न्यूनिकरण गर्ने हालका संरक्षण कार्यक्रमहरू प्रभावकारी ठहरिएका छन्। यी प्रयासले अर्गाली भेडाको वास्तविक संख्या वृद्धि गर्न महत्वपूर्ण योगदान गरेको विश्व वन्यजन्तु कोष मङ्गोलियाले जनाएको छ।

सिन्ह्वाका सामग्री सहयोगमा न्युज एजेन्सी नेपालले तैयार पारेको समाचार।