अकल्याण्ड — न्युजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष रोसन खड्काले सोसाइटीभित्र ‘बाहिर देखिएको जस्तो कुनै विवाद नभएको’ स्पष्ट गर्दै संस्थालाई स्थिर र सक्रिय बनाउने जिम्मेवारी सबै सदस्यको साझा दायित्व भएको टिप्पणी गरेका छन्।

परदेशी मिडिया ग्रुपको कार्यक्रम ‘चिट च्याट वीथ परदेशी’संग कुरा गर्दै भने, ‘निर्वाचनपछि केही व्यक्तिगत असन्तुष्टिका कारण प्रारम्भिक चरणमा केही समस्या देखिए पनि विशेष साधारण सभा (एजीएम) ले त्यसलाई विधि–विधानअनुसार समाधान गरिसकेको छ।’

खड्काले कार्यक्रममा दावी गर्दै भने, ‘निर्वाचनपछि केही सीमित व्यक्तिहरू असन्तुष्ट भए। तर एजीएमले सबै कुरा समाधान गर्‍यो। अहिले संस्थामा कुनै प्रकारको विवाद छैन।’

अध्यक्ष खड्काले चुनौतीबीच पनि सोसाइटीले लक्ष्यानुसारका धेरै रचनात्मक गतिविधि सफलतापूर्वक सम्पन्न गरेको बताए। ‘समस्याका बावजुद पनि संस्थाले सोचेभन्दा राम्रो काम गर्न सफल भएको छ। विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न भएका छन्, जुन आफैमा सकारात्मक उपलब्धि हो,” उनको जिकीर थियो ।

उनले सोसाइटीको काम कुनै पदाधिकारी मात्रले गर्ने होइन, सबै सदस्यको सहभागिताले संस्थालाई मजबुत बनाउने बताउँदै एकता र सहकार्यका लागि खुला आमन्त्रण गरे। ‘आउनुहोस्, सबै मिलेर अघि बढौं। म मेरी तर्फबाट कसैसँग मिल्न वा सहकार्य गर्न कुनै कमी हुन दिन्न। घमण्ड होइन, मिलेर सुन्दर नेपाली समाज निर्माण गर्नु हाम्रो दायित्व हो,’ अध्यक्ष खड्काको भनाइ थियो ।

खडकासँगको कुराकानी परदेशीकुरा टीभी युटुब च्यानलमा हेर्न र सुन्न सक्नु हुने छ। (pardeshikura TV)