न्युजिल्याण्डको नेल्सनमा बसोबास गर्ने नेपालीहरूले होली पर्वको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरी उल्लासपूर्ण वातावरणमा पर्व मनाएका छन्।

नेल्सन नेप्लिज कम्युनिटीद्वारा आयोजना गरिएको होली विशेष पिकनिक तथा संस्थाको वार्षिक साधारण सभामा नेल्सनभरिका ५० भन्दा बढी नेपाली सदस्यहरूले सहभागी भएर कार्यक्रमलाई विशेष बनाएका थिए।

कार्यक्रममा सहभागीहरूले एकआपसमा रङ र अबिर लगाएर शुभकामना साटासाट गरे र होली पर्वको सांस्कृतिक महत्त्व तथा पारिवारिक सद्भावलाई उजागर गरे। आयोजकका अनुसार कार्यक्रममार्फत परिवार, साथीभाइ र समुदायका सदस्यबीच आपसी मेलमिलाप र एकताको भावना झल्किएको थियो।

होली उत्सव सुरु हुनु अघि संस्थाको वार्षिक साधारण सभा पनि सम्पन्न भएको थियो, जहाँ संस्थाका गतिविधि, आगामी योजना र समुदायलाई अझ सक्रिय बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। Photo : Ashish Bhattarai FB pag