काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने धारणा गलत भएको बताएका छन्। सोमवार आयोजित नेपाल आर्थिक पत्रकार समाज ९सेजन० २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

ढकालका अनुसार, नेपालकै पुँजी प्रयोग गरेर ठूला आयोजना गर्न सकिन्छ। यसका लागि नेपाल डेभलपमेन्ट पब्लिक ९एनडीपी० स्थापना गरिएको र व्यवसायीहरूको सहभागितामा ४०–५० अर्बका परियोजना अघि बढाइएको छ। उनले भने, “नेपालमै लगानीको वातावरण तयार छ र आम नागरिक तथा व्यवसायीको मनोबल बढाउन सरकारले काम गर्न जरुरी छ।”

उहाँले सुरक्षा व्यवस्थालाई पनि महत्वपूर्ण ठहर गर्दै आम नागरिक र व्यवसायीलाई विश्वास दिलाउने खालको सुरक्षा प्रवन्ध आवश्यक भएको बताए।

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले भने, “निर्वाचनपछिको सरकारले निजी क्षेत्रको लगानी वातावरण सुधार गर्न नीति र कानुनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। अर्थतन्त्रको कुनै एक क्षेत्रमा असर हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्छ।” पाण्डेले जेन–जी आन्दोलनपछिको सिथिलतालाई पार गर्दै सबैले मिलेर सबल अर्थतन्त्र निर्माणमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।