क्यान्टरबरी । न्युजिल्यान्डको क्यान्टरबरी क्षेत्रमा बसोबास गर्ने तथा नेपालबाट परिवार भेटघाटका लागि न्युजिल्यान्ड आउनुभएका ५० वर्षभन्दा माथिका ज्येष्ठ आमाबुबा तथा अभिभावकहरूका लागि विशेष भेटघाट कार्यक्रम आयोजना गरिँदै छ ।

एनआरएनए न्युजिल्यान्डको आयोजनामा तथा क्यान्टरबरी नेपाली समाज र क्यान्टरबरी नेपाल–न्युजिल्यान्ड मैत्री समाजको सहकार्यमा क्यान्टरबरी क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने ज्येष्ठ अभिभावकहरूका साथै हाल नेपालबाट भ्रमणमा आउनुभएका अभिभावकहरूलाई लक्षित गरी उक्त कार्यक्रम आगामी ०८ मार्च २०२६ मा सञ्चालन हुन लागेको हो ।

कार्यक्रममा सहभागी हुने ज्येष्ठ नागरिकहरूलाई माओरी सांस्कृतिक स्थल (मारे) अवलोकन, कृषि फार्म भ्रमण तथा भजन–कीर्तन कार्यक्रम गराइने एनआरएनएले जनाएको छ । आयोजकका अनुसार सहभागीहरूको सुविधाका लागि आवत–जावत सवारी साधनको व्यवस्था गरिएको छ । साथै दिउँसो हल्का जलपान तथा बेलुकाको भोजनको व्यवस्था पनि मिलाइएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई सोही दिन बिहान ११:३० बजे बहुसांस्कृतिक केन्द्र, हेग्ली साउथमा उपस्थित हुन अनुरोध गरिएको छ । कार्यक्रम साँझ ८ बजे समापन हुने जनाइएको छ ।

सहभागी संख्या सीमित रहेकाले समयमै दर्ता गर्न आयोजकले अनुरोध गरेका छन् । विद्युतीय माध्यमबाट दर्ता गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा सहभागी हुन तल उल्लेखित लिंक मार्फत आवेदन दिन सकिने छ ।

🔗 Registration link:

https://docs.google.com/forms/d/e/1FAIpQLScFDQ5NHFykZSCHwgWRMKeOppnFTFKoBYHqTathL5yXCa3JCw/viewform?fbclid=IwY2xjawQLMsdleHRuA2FlbQIxMABicmlkETJEeXk0NjE1VXRrWU9sRTAyc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHiTSoYZ9UFkgUe1YJx5qmLomkjzX14bxlKXdxWkGc8iewD-eW3Suobqo9DDH_aem_6vqE96PLr9Ibmtw90LZiaw&pli=1