नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण भए देश ठप्प पार्ने चेतावनी दिनुभएको छ। बिहीवार पार्टी शपथग्रहण कार्यक्रमपछि काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका छन् ।
एमाले नेतृत्वमाथि प्रचार–प्रसार मात्र नभई भौतिक आक्रमण र जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्म पुनः सुरु गर्ने प्रयास भइरहेको दाबी गर्दै भने, ‘यस्ता गतिविधिलाई ‘मिडिया ट्रायल’ को रूपमा हल्ला मच्चाइएको छ, त्यसको सामना गर्न आन्दोलनका लागि तयार रहनु पर्छ ।’
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि देशभरबाट तयारी अवस्थामा रहन कार्यकर्तालाई आह्वान पनि गरे । एमाले नेतृत्वमाथि आक्रमण गर्ने प्रयास संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी दिदै भने, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले मात्र भएन। अब भौतिक आक्रमण गर्ने वा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्म पुनः सुरु गर्ने हल्ला मच्चाइएको छ। एमाले नेतृत्वमाथि छोइए देश ठप्प हुन्छ यो सरकार ढल्नुपर्छ र ढलिनेछ। यसका लागि एमाले देशभरबाट तयारी अवस्थामा बस्नुपर्छ। – न्युज एजेन्सी नेपाल
