२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने काम सुरु भएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, शुक्रबारदेखि यो कार्य सुरु भएको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावली छपाइको औपचारिक शुभारम्भ गर्नुभएको छ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि बनेको फरक परिस्थितिको सरकारले भदौ २७ गते राति फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय गरेको थियो। आयोगले सोही मितिअनुसार सार्वजनिक गरेको कार्यतालिका अनुसार तयारी र प्रक्रिया अघि बढाउँदै आएको छ।
यस्तै, राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति २०८२ माघ ११ गते तय गरिएको छ।
