गैरआवासीय नेपालीहरुको छाता संघ एनआरएनएमा देखिका सबै खाले विवाद अन्त्य गर्दै सम्पुर्ण नेताहरुबीचको एकता अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष बद्री केसीले जानकारी दिएका छन्।
अध्यक्ष केसीका अनुसार एकताका लागि सबै पक्षले विभिन्न चरणमा छलफल समेत गरिसकेका छन्। उनका अनुसार अक्टोबर ११ (एनआरएन डे) को अवसरमा एनआरएनए एकताको घोषणा गर्ने तयारी रहेको छ । एनआरएनए दिवसकै दिनमा एकताको घोषणा गर्ने हाम्रो प्रयास जारी छ उनले थपे, ‘यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको छ ।’