काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको यो बैठक सचिवालयको पहिलो बैठक हो।
बैठकमा आगामी फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने दलहरूका लागि समानुपातिक उम्मेदवारको विषयमा मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले दलहरूलाई भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ। एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि बैठकमा समीक्षा र छलफल गरिरहेको छ।
