काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ ।

बैठकमा महाधिवेशनको कार्यतालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट आएका उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने बताइएको छ ।