काठमाडौँ — मलेसियाले कागजातविहीन तथा नियमविपरीत बसोबास गरेका नेपालदी सहित अन्य विदेशी श्रमिकलाई नियन्त्रण दिलएको समाचार प्रकासित भएका छन् । मलेसियन सकारले गैरकानूनी रुपमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई अझ कडाईका साथ खोजी गरी कारबाही प्रतिया अघि बढाउने तयारी गरेको छ ।

सरकारको पछिल्लो कारबाहीअन्तर्गत सेलायाङ बारु क्षेत्रमा मात्र्र ८४३ विदेशी नागरिक पक्राउ परेका छन्। मलेसियन सञ्चारमाध्यमहरूका अनुसार पक्राउ परेकामध्ये ८०८ पुरुष र ३५ महिला छन्, जसको उमेर २१ देखि ५३ वर्ष सम्म छ। सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश, सडकछेउमा अनधिकृत व्यापार तथा अवैध बसोबासका कारण कार्रवाई आवश्यक रहेको बताए।

पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तान का नागरिक सामेल छन्। तर प्रत्येक देशका कति नागरिक पक्राउ परेका छन् भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

इमिग्रेशन विभागका अनुसार पक्राउ परेकामध्ये धेरैजसोले

पहिचान खुलाउने कागजात नबोक्ने,

भिसा वा कामको नियम उल्लङ्घन गर्ने,

बसाइ अवधि नाघ्ने,

नक्कली वा अमान्य कागजात प्रयोग गर्ने
जस्ता आरोप सामना गरिरहेका छन्।