इस्लामाबाद — पाकिस्तानले चीनप्रति आफ्नो दीर्घकालीन ‘एक चीन’ नीतिगत प्रतिवद्धता पुनः पुष्टि गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन आन्द्राबीले नियमित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानले जनवादी गणतन्त्र चीनलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैध सरकारको रूपमा मान्ने बताए।

उनका अनुसार पाकिस्तान ताइवानलाई चीनको अभिन्न भूभागको रूपमा हेर्छ र यस विषयमा चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको पक्षमा अडिग रहन्छ। आन्द्राबीले चीन–पाकिस्तान सम्बन्धलाई “सबै मौसम, समय–परीक्षण भोगेको र गहिरो जरा गाडेको मित्रता” भन्दै दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुँदै गएको टिप्पणी गरे।