बेलायत । बेलायतको हार्लो नेपाली समाजले दसैं विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाली गीत–संगीत, नृत्य, भजन, राफल तथा लंगुरबुर्जाको रमाइलो कार्यक्रममा हार्लो क्षेत्रका सांसद क्रिस भिन्सको प्रमुख आतिथ्यता थियो ।


हार्लो क्रिकेट क्लबम सम्पन्न कार्यक्रममा सोनिता केसी, रोजलिन रायमाझी, प्रिशा सिम्खडा, रुबी पुडासैनी, सीमा सिम्खडा, ग्रिशा र सलीशा सुदाकर, सदमा काफ्ले, आध्या काफ्ले लगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सांसद क्रिस भिन्सले हार्लोमा नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गगरेका थिए । उनले भने, ‘नेपाली समुदायप्रति समर्थन र सहकार्य निरन्तर रहने छ । त्यस्तै, एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरूको बेलायती समाजमा समायोजन, एकता र नेपाली संस्कृतिको संरक्षण अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिए । कार्यक्रममा एनआरएनए यूकेको भाषा साहित्य विभाग प्रमुख गोपी सापकोटासहित हार्लोमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।


हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले गरेको कार्यक्रमले नेपालमा आपतकालीन राहत सहयोगका लागि २ हजार पाउन्ड संकलन भएको छ । आयोजकका अनुसार उक्त रकम प्रदीप सिम्खडा र राम रायमाझीको संयोजनमा नेपाल पठाइनेछ ।