काठमाडौं — प्रधानमन्त्री बालेन शाह नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्को प्रारम्भिक सूची सार्वजनिक भएको छ। सार्वजनिक सूचीअनुसार सरकारमा नयाँ र चर्चित अनुहारहरूलाई विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

सूचीअनुसार बालेन शाहले प्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् भने अर्थ मन्त्रालय स्वर्णिम वाग्लेलाई दिइएको छ। कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाउने भएकी छन् भने परराष्ट्र मन्त्रालय शिशिर खनालले सम्हाल्ने उल्लेख गरिएको छ।

यस्तै, विज्ञान तथा प्रविधि मन्त्रालयमा विराजभक्त श्रेष्ठ, गृह मन्त्रालयमा सुदन गुरुङ र उद्योग मन्त्रालयमा अमिर सिंहलाई जिम्मेवारी दिइएको छ। सामान्य प्रशासन मन्त्रालय प्रतिमा रावललाई, भूमि व्यवस्था मन्त्रालय गीता चौधरीलाई र सञ्चार मन्त्रालय विक्रम सिग्देललाई दिइएको सूचीमा उल्लेख छ।

श्रम मन्त्रालय दीपक साह (महतो) ले सम्हाल्नेछन् भने शिक्षा मन्त्रालय समीर पोखरेलको भागमा परेको छ। पर्यटन मन्त्रालय रघु (गणेश) पौडेललाई दिइएको छ। महिला, बालबालिका मन्त्रालय सीता वादीलाई तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहतालाई जिम्मेवारी दिइएको छ।

उक्त सूची औपचारिक रूपमा घोषणा हुन बाँकी भए पनि स्रोतका अनुसार मन्त्रिपरिषद् गठन अन्तिम चरणमा पुगेको छ। आजै प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ लिने तयारी भइरहेको छ।