मियामी। इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ।

अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न तेस्रो स्थानको प्लेअफमा इंग्ल्यान्डले आक्रमणात्मक खेल प्रदर्शन गर्दै फ्रान्समाथि प्रभावशाली जित दर्ता गरेको हो। खेल अवधिभर दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि उपाधि दौडबाट बाहिरिएको इंग्ल्यान्डले तेस्रो स्थानको खेलमा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो। यस जितसँगै इंग्ल्यान्डले विश्वकपको तेस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएको छ।

अब फिफा विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच फाइनल खेल सोमबार हुँदै छ ।