नेपाली सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइले न्युजिल्याण्डका दुई प्रमुख सहर क्राइस्टचर्च र अकल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति सफलतापूर्वक सम्पन्न गरेका छन् ।
सम्बन्ध इभेन्ट्सको आयोजनामा भएको उक्त कन्सर्टमार्फत ब्यान्डले पहिलोपटक न्युजिल्याण्डमा आफ्नो लोकप्रिया गित मार्फत प्रस्तुति दिएको हो ।
दुवै सहरमा आयोजना गरिएको कार्यक्रममा न्युजिल्याण्डमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दर्शकहरूले ब्यान्डका लोकप्रिय गीतहरूसँगै रमाउँदै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई संगीतमार्फत एकै ठाउँमा जोड्ने अवसर प्रदान गरेको छ। ब्यान्डको प्रस्तुति र दर्शकहरूको उत्साहले कन्सर्टलाई थप स्मरणीय बनाएको थियो । न्युजिल्याण्डमा नेपाली कलाकारहरूको प्रस्तुति बढ्दै जाँदा यहाँको नेपाली समुदायमा सांगीतिक गतिविधि थप सक्रिय बन्दै गएको देखिन्छ।
