एनआरएनए न्युजिल्याण्डले न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै पुनः एकाउन्टेन्ट (लेखा तथा व्यवसाय) सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअघि सञ्चालन गरिएको कार्यक्रमको सफलता र थप कार्यक्रमको माग भएकाले एनआरएनएले पुनः अर्को तालिम सुरु गर्न लागेको हो।
एनआरएनएका अनुसार आगामी तालिम दुई चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक चरणमा ५० जना सहभागीलाई तालिममा सहभागी गराइनेछ। पहिलो चरणको कार्यक्रम आगामी अप्रिलमा सुरु हुनेछ भने दोस्रो चरण जुनमा सञ्चालन हुनेछ । एनआरएनएले ‘पहिले आउनेलाई पहिले अवसर’को आधारमा तालिममा सहभागी गराउने जनाएको छ।
कार्यक्रममा सहभागी हुनका लागि न्यूनतम शुल्क पनि निर्धारण गरिएको छ। जसअनुसार एनआरएनए सदस्यका लागि १०० डलर, गैर–सदस्यका लागि १२० डलर र विद्यार्थीका लागि ५० डलर तोकिएको छ। उक्त शुल्क तालिम व्यवस्थापन, प्रशिक्षक तथा सामुदायिक गतिविधिमा खर्च गरिने संस्थाले जनाएको छ।
कार्यक्रमको उद्देश्य न्युजिल्याण्डको कार्यक्षेत्रअनुसार व्यावहारिक लेखा सीप विकास गर्नुका साथै रोजगारीका लागि आवश्यक दक्षता अभिवृद्धि गर्नु रहेको छ।
Registration
https://forms.gle/uwFMXozVG9h2oeGH7
contact@nrnanz.org.nz
