गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले यस वर्षको एभरेष्ट डे इन्भरकार्गिल र ह्यामिल्टनमा मनाउने निर्णय गरेको छ। एनआरएनए न्युजिल्याण्डले यस वर्षको ७३औँ एभरेष्ट दिवस २०२६ स्थानीय नेपाली संस्थासँगको सहकार्यमा गर्न लागेको हो ।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) आरोहण गरेको ऐतिहासिक उपलब्धिको स्मरणमा प्रत्येक वर्ष एभरेष्ट दिवस मनाइन्छ । त्यसैअनुसार यस वर्ष इन्भरकार्गिल र ह्यामिल्टनमा मनाउन लागिएको एनआरएनए न्युजिल्याण्डले जानकारी गराएको छ ।

स्थानीय नेपाली समुदायसँग सहकार्य गर्दै इतिहास, एकता र सामुदायिक भावनालाई झल्काउने गरी कार्यक्रम आयोजना गरिनेछ । यस अवसरले न्युजिल्याण्ड र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्नेछ ।

एभरेष्ट दिवस केवल इतिहासको सम्झना मात्र नभई हाम्रो एकता, पहिचान र सामुदायिक भावना झल्काउने अवसर पनि भएको भन्दै एनआरएनए न्युजिल्याण्डले यस वर्षको एभरेष्ट दिवस कार्यक्रम सफल बनाउन प्रायोजक, स्वयंसेवक तथा समुदायका सदस्यहरूलाई सहभागी हुन आग्रह गरेको छ ।