इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको घोषणा गरेको गरेको छ। विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,ु राजदूत धनप्रसाद पण्डितको भानाइए उध्रित गर्दै समाचारहरु प्रकाशित भएका छन् । प्रकाशित समाचारका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इसराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए। नेपालको परराष्ट्र मन्त्रालयले भने इजरायलको आइडिएफले पनि आकलन मात्र गरेको हुन सक्ने बताएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २५१ जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो। झन्डै २ वर्षको अवधिमा पटकपटक भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०३ जना बन्धक यसअघि नै छाडिसकेको छ।