इजरायल र हामसबीच शान्ति सम्झौता भएसँगै हमासको नियन्त्रण रहेको बन्धक रिहाइ हुने भएका छन् । तर, हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको अवस्था नभे अज्ञात रहेको सिएनएनले दावी गरेको छ ।
गत बुधबार इजिप्टमा भएको इजरायल र हामसबीचको वार्तापछि गत २०२३ अक्टोबरदेखि लागु हुने गरी युद्धविराम हुने भएको छ । युद्ध विराम संगै हमासको बन्दकमा रहेको सम्पुर्ण बन्दीहरु रिहाई हुने जानइएको थियो । सो अनुसार हमासको नियन्त्रणमा रहेका बन्धकहरु सोमबारदेखि रिहा हुने छन् । तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनद्वारा जारी सूचीमा भने नेपालका विपिन जोशीको अवस्था अज्ञात छ ।
शुक्रबार सीएनएनद्वारा जारी सूचीमा बन्धकमध्ये २ जना अज्ञात छन् जसमध्ये एक विपिन जोशी छन् । बन्धक मध्ये २० जनामात्रै जीवित छन् भने २६ जना बन्धकको मृत्यु भइसकेको सीएनएनले दाबी पनि गरेको छ ।
गत बुधबारको वार्तामा अमेरिकी विशेष दूत र कतारी प्रधानमन्त्री सहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।
