स्पेनले फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत अन्तिम खेलमा उरुग्वेमाथि १–० को कठिन जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
ग्वाडालाजारास्थित एस्टाडियो ग्वाडालाजारामा सम्पन्न खेलमा स्पेनका लागि एलेक्स बेएनाले पहिलो हाफको ४२औँ मिनेटमा निर्णायक गोल गरे। सोही गोल स्पेनको जित सुनिश्चित गर्न पर्याप्त बन्यो।
दोस्रो हाफमा उरुग्वेले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि स्पेनको रक्षापंक्तिलाई भेद्न सकेन। उत्कृष्ट अवसरहरू खेर फालेपछि उरुग्वेको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको हो।
यस समूहबाट पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। अब अन्तिम १६ को प्रतिस्पर्धामा केप भर्डेले साविक विश्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ।
समूह ‘एच’बाट स्पेन र केप भर्डे नकआउट चरणमा पुगेका छन् भने उरुग्वे र साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ ।
