खरेलले सोमबार साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाको औपचारिक घोषणा गरेका हुन्। उनले दिएको राजीनामा प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरिसकेको छ।

रास्वपाबाट ललितपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पदबाट अलग भएको बताएका छन्। आगामी माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा खरेलले आजै राजीनामा दिएका हुन्।

यसअघि पनि रास्वपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिन खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए। रास्वपाका तर्फबाट मन्त्रीहरूको राजीनामा क्रमशः आउन थालेपछि आगामी निर्वाचनलाई लक्षित राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको देखिएको छ।