काठमाडौँ / राष्ट्रपति राचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राजनीतिक दल र सरकारसँग छलफल गर्ने भएका छन् । उनले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई छलफलका लागि बोलाएका हुन् । छलफल शुक्रबार दिउँसो चार बजेका लागि तय गरिएको राष्ट्रपति सचिवालयले जानकारी दिएको छ ।
जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ । आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ ।
