नेपाली विद्यार्थी रुजल श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई)स्थित मणिपाल अकादेमी अफ हायर एजुकेशनबाट प्रदान गरिने ‘डा. रामदास एम. पाई एक्सिलेन्सी अवार्ड’ प्राप्त गर्न सफल भएका छन्। मणिपालमा व्यापार प्रशासनतर्फ स्नातक उत्तीर्ण गरेका गरेका पोखराका श्रेष्ठले दुबईमा आयोजित विश्वविद्यालयको २५औँ वार्षिक दीक्षान्त समारोहमा उक्त अवार्डका प्राप्त गरेका हुन्।
दीक्षान्त कार्यक्रममा ३९ शैक्षिक कार्यक्रमअन्तर्गतका ४३ ब्याचबाट ७ सय २२ विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। मणिपालले इन्जिनियरिङ, सूचना–प्रविधि, व्यवसाय, जीवन–विज्ञान, डिजाइन, आर्किटेक्चर, लिबरल आर्ट्स र कमर्ससहितका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा मणिपाल दुबईका उपकुलपति डा. सुधिन्द्र समन्नाले स्नातक विद्यार्थी परिवर्तनका नेतृत्वकर्ता बन्नुपर्नेमा जोड दिँदै भने, “हामी चाहन्छौँ—क्याम्पसबाट निस्कने हरेक विद्यार्थीले व्यवसाय, अनुसन्धान, सार्वजनिक सेवा वा अन्य क्षेत्रमा मूल्य सिर्जना गर्न सकून्।”
