गोरखागोरखास्थित मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

शनिबार (३० फागुन) साँझ शहीद लखन गाउँपालिका–३ कान्टार क्षेत्रमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार माइक्रोबसमा चालक र सहचालक बाहेक सबै यात्रु भारतीय नागरिक रहेका थिए। उनीहरू मनकामना मन्दिरमा दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक रहेका छन्। माइक्रोबसमा चालकसहित १३ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते तथा मृतकको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।