निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले राजनीतिक वृत्त तातिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि झापा–५ बाट उहाँसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको दाबी गर्दै आफू पारदर्शी र खुला बहसका लागि तयार रहेको बताएका हुन्। सामाजिक सञ्जालमा प्रचार सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमनेसामने बहस आवश्यक रहेको धारणा राख्नु भएको थियो । प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गर्दै ओलीले एजेन्डा र खाकासहित बहस गर्न आफू तयार रहेको बताउनु भएको थियो ।

के भन्नु भएको थियो ओलीले आफ्नो फेसबुक पेजमा

नयाँरपुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै बालेन शाहले ओलीको सामाजिक सञ्जाल स्टाटसमा प्रतिक्रिया दिँदै उहाँसँगको बहस बहिष्कार गर्ने घोषणा गरेका छन्। बालेनले कमेन्टमार्फत कडा टिप्पणी गर्दै ओलीसँग एउटै मञ्चमा उभिन नसक्ने स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो?’

बालेनले थप लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। त्यसपछि अरू कुरा गरौँला।’

सार्वजनिक बहसको प्रस्ताव र त्यसप्रति आएको तीव्र प्रतिक्रियाले चुनावी राजनीतिको तापक्रम अझ बढाएको छ।

यस्तो छ बालेनको जवाफः

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छहुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।