लोकप्रिय सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइ ले आगामी मार्च महिनामा न्युजिल्याण्ड टुर गर्ने घोषणा गरेको छ। यो टुरमार्फत ब्यान्डले पहिलोपटक न्युजिल्याण्डका दर्शकमाझ आफ्ना चर्चित गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्न लागेको हो।
सम्बन्ध इभेन्ट्सको आयोजनामा हुने यो सांगीतिक यात्राअन्तर्गत न्युजिल्याण्डका दुई प्रमुख सहर अकल्याण्ड र क्राइस्टचर्च मा कन्सर्ट आयोजना गरिनेछ। आयोजकका अनुसार कार्यक्रमको मिति, स्थान तथा टिकटसम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिनेछ।
