काठमाडौं । चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क ९ट्यारिफ० लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

ट्रुथ सोसलमा स्टाटस लेख्दै ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय आगामी नोभेम्बर एक देखि लागु हुने छ ।

साथै उनले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने उल्लेख गरेका छन् । चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ ।

विश्वको लगभग ९० प्रतिशत रेयर अर्थ मिनरल्सको प्रशोधन चीनमा हुन्छ । त्यसको प्रयोग सोलार प्यानलदेखि लिएर स्मार्टफोनसम्ममा हुन्छ ।