काठमाडौं । काठमाडौं जिल्लाका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित हुने लगभग निश्चित भएको छ। हालसम्म ९ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी रहेको काठमाडौं–२ मा पनि रास्वपाका उम्मेदवारको जित लगभग पक्का देखिएको छ।

रञ्जु न्यौपाने (दर्शना) काठमाडौं–१ बाट निर्वाचित भएकी छन्। काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ले नेपाली कांग्रेस का उम्मेदवार कविर शर्मा लाई करिब १९ हजार मतान्तरले पछि पार्दै जिततर्फ अग्रसर छन्।

त्यसैगरी काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं–५ बाट सस्मित पोखरेल र काठमाडौं–६ बाट शिशिर खनाल विजयी भएका छन्।

यस्तै काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट विजयी भएका छन्।

यससँगै काठमाडौं जिल्लाका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाले प्रभावशाली जित निकाल्दै राजधानीमा आफ्नो बलियो उपस्थिति देखाएको छ।