काठमाडौँ — नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचनबाट सांसद बनेका उम्मेदवारलाई पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ।
समानुपातिक सूचीमा राख्ने नयाँ उम्मेदवारको नाम छनोट गर्न बसिरहेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो।
समानुपातिक प्रणाली लागू भएदेखि ०६४, ०७०, ०७४ र ०७९ सालका निर्वाचनबाट सांसद बनेकाहरू अबको सूचीमा समावेश नहुने भएको छ। कार्यसम्पादन समितिका सदस्यका अनुसार अहिलेसम्म अवसर नपाएका नयाँ उम्मेदवारहरूले मात्र आगामी समानुपातिक सूचीमा स्थान पाउनेछन्।
कांग्रेसको कार्यसम्पादन समितिको बैठक हाल पनि जारी छ र बैठकले समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्नेछ।
