काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सुरु भएको प्रारम्भिक मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओली अग्रस्थानमा देखिएका छन् ।

बिहानदेखि जारी मतगणनाअनुसार ४४३ मत गणना हुँदा अध्यक्ष ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

यस्तै महासचिव पदमा पनि ओली प्यानलकै शंकर पोखरेलले अग्रता बनाएका छन् । प्रारम्भिक परिणामअनुसार पोखरेलले २४९ मत ल्याउँदा अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक गणनामा अरु पदाधिकारीको मत

  • अरुण नेपाल : ७९
  • गुरुप्रसाद बराल : २४२
  • गोकर्णराज विष्ट : २५६
  • टकंप्रसाद कार्की : ७५
  • पर्शुराम मेघी गुरुङ : ८२
  • पृथ्वीसुब्बा गुरुङ : ३५६
  • भीमप्रसाद आचार्य : ५१
  • रघु जी पन्त : २५३
  • रामबहादुर थापा बादल : ३०९
  • विन्दा पाण्डे : १६९
  • विष्णुप्रसाद पौडेल : ३४९

उपमहासचिव

  • आनन्दप्रसाद पोख्रेल : १३३
  • योगेश भट्टराई : २६४
  • रघुवीर महासेठ : २६७
  • राजेन्द्रप्रसाद गौतम : ५५
  • लेखराज भट्ट : २९३
  • विष्णुप्रसाद रिमाल : २२०
  • वैजनाथ चौधरी : ९७

सचिव

  • अग्निप्रसाद खरेल : १३९
  • इन्द्रलाल सापकोटा : ७४
  • कर्णबहादुर थापा : १६६
  • कृष्णगोपाल श्रेष्ठ : ११४
  • खगराज अधिकारी : २७९
  • गोकुलप्रसाद बासकोटा : १९२
  • छविलाल विश्वकर्मा : ३११
  • ठाकुरप्रसाद गैरे : १७५
  • पद्माकुमारी अर्याल : ३०४
  • पुरुषोत्तम पौडेल : ८२
  • पेम्वा लामा : ८५
  • भानुभक्त ढकाल : २२५
  • महेश बस्नेत : ३११
  • यमलाल कँडेल : २५८
  • रचना खड्का : १५९
  • राजन भट्टराई : १३५
  • लालबाबु पण्डित : १५०
  • विनोदप्रसाद ढकाल : १४८
  • शेरधन राई : ३००
  • हिक्मतकुमार कार्की : २७४