एनआरएनए न्यूजिल्याण्डले आगामी २७ फेब्रुअरीदेखि १ मार्च २०२६ सम्म टोंगारिओ अल्पाइन क्रसिङमा ३ दिने सामुदायिक क्याम्पिङ तथा ट्रेकिङ कार्यक्रमको आयोजना गर्ने भएको छ। “साथसाथै स्वास्थ्य, सामुदायिक सम्बन्ध र उत्साह बढाऔँ” भन्ने नारासँग आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरूले क्याम्पमा एकसाथ बस्ने, तयारी गर्ने र एओटियरोआका सबैभन्दा प्रसिद्ध अल्पाइन वाक पूरा गर्ने छन्।

ट्रेकिङसँगै सामुदायिक सम्बन्ध, उत्साह र स्वास्थ्यप्रतिको सचेतना बढाउने हेतुले गरिएको कार्यक्रममा क्याम्पग्राउन्ड एनआरएनएले नै क्याम्प बुकिङ, ट्रेकिङको पहिलो दिन सामान्य ब्रेकफास्ट र फूड प्याक, साथै शुक्रबार र शनिबारको डिनरको व्यवस्था गर्ने छ।

कार्यक्रममा सहभागी हुनका लागि खुला गरिएको बुकिङ आगामी शनिबार बन्द हुने र सहभागीहरूको संख्या बढी भएकाले थोरै सिट मात्र बाँकी रहेको छ। साथै कार्यक्रममा एनआरएनए सदस्य, ध्वनि, अभ्यास तथा नियमित ट्रेकर्सलाई प्राथमिकता दिइने एनआरएनएले आफ्नो फेसबुक पेजमार्फत सूचना समेत जारी गरेको छ।

साथै, सूचना मार्फत सहभागीहरूलाई ट्रेकिङ र क्याम्पिङ सामग्री, स्वास्थ्य सुरक्षा, जोखिम तथा जिम्मेवारीसम्बन्धी जानकारी राख्न आग्रह गरिएको छ। चुनौतीपूर्ण ट्रेकिङ भएकाले सहभागीहरूको शारीरिक र मानसिक तयारी आवश्यक रहेकोमा जोड दिँदै कार्यक्रममा सहभागि हुन चाहनेहरूलाई दैनिक पैदल अभ्यास गर्न र ट्रेकिङको लागि तयारी गर्न पनि आग्रह गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य केवल ट्रेकिङको अनुभव मात्र नभई सामुदायिक सम्बन्ध, उत्साह र स्वास्थ्यप्रतिको सचेतना समेत बढाउनु रहेको बताइएको छ।

👉 Register your Expression of Interest now:

https://forms.gle/rVi5FSVAw3DyoaBP8

👉 Register your Expression of Interest now:

https://forms.gle/rVi5FSVAw3DyoaBP8