
मगर समाज न्युजिल्याण्डले माघे सङ्क्रान्ति कार्यक्रम २०२६ सांस्कृतिक कार्यक्रम गरी मनाएको छ। नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
विशेष आकर्षणका रूपमा लाइभ नेपाली लोक दोहोरी प्रस्तुत गरिएको थियो। कलाकारहरूले लोक दोहोरी तथा अन्य गायनमार्फत उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। साथै सांस्कृतिक नृत्यले कार्यक्रमलाई अझ रंगीन बनाएको थियो।
माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रममा सहभागीलाई थप मनोरञ्जन प्रदान गर्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिएको थियो भने नेपाली परिकारसहितका विशेष खाना राखिएको थियो।
कार्यक्रममा न्युजिल्याण्डका विभिन्न भागमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरू तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
