अकल्याण्डको सबैभन्दा ठूलो फिल्म स्टुडियो निजी कम्पनीको स्वामित्वमा जाने भएको छ । यो सहरकै सबै भन्दा ठुलो फिल्म स्टुडियो हो । अकल्याण्ड काउन्सिलले जाइटेक नामक निजी कम्पनीलाई बिक्री गरे पनि यसको आगामी सञ्चालन र रेखदेक नीजि कम्पनीबाट हुने छ ।
लामो समयदेखि सञ्चालनमा रहेको अकल्याण्ड फिल्म स्टुडियो अकल्याण्डस्थित प्रकाश तथा फिल्म उपकरण आपूर्तिकर्ता कम्पनी जाइटेक (Xytech) ले अघोषित मूल्यमा खरिद गरेको हो।
अकल्याण्ड काउन्सिलले शहरको सबैभन्दा ठूलो फिल्म स्टुडियो निजी कम्पनीलाई बिक्री गरेको छ। लामो समयदेखि सञ्चालनमा रहेको अकल्याण्ड फिल्म स्टुडियो अकल्याण्डस्थित प्रकाश तथा फिल्म उपकरण आपूर्तिकर्ता कम्पनी जाइटेक (Xytech) ले अघोषित मूल्यमा खरिद गरेको हो।
अकल्याण्डका मेयर वेन ब्राउनले यो निर्णय क्षेत्रको स्क्रिन उत्पादन उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। उहाँका अनुसार अनुभवी निजी सञ्चालकलाई जिम्मा दिँदा अकल्याण्डको अन्तर्राष्ट्रिय फिल्म उद्योगमा आकर्षण थप बढ्नेछ र यसले दरदातालाई पनि फाइदा पुर्याउनेछ।
आगामी फेब्रुअरी २७ मा सेटलमेन्ट हुने यो बिक्री सन् २०२२ मा केन्द्र सरकारद्वारा दुई नयाँ साउन्ड स्टेज निर्माणका लागि गरिएको ३० मिलियन डलर लगानीपछि भएको हो। काउन्सिलले सरकारको उक्त रकम पुनः काउन्सिलमै फर्किने र भविष्यमा थप स्क्रिन पूर्वाधारमा पुनः लगानी गरिने जनाएको छ।
सम्झौताअनुसार उक्त स्थल कम्तीमा १० वर्षसम्म फिल्म स्टुडियोकै रूपमा सञ्चालन हुनुपर्ने शर्त राखिएको छ। सन् १९९७ मा स्थापना भएको जाइटेक दक्षिणी गोलार्द्धका ठूला फिल्म निर्माणका लागि प्रमुख उपकरण आपूर्तिकर्ताका रूपमा परिचित छ।
