रूस – रूसमा आर्थिक दबाब बढ्दै जाँदा उपभोक्ता ऋण पुनर्संरचनाको दर तीव्ररूपमा वृद्धि भएको पाइएको छ। रूसको केन्द्रीय बैंकले जारी गरेको वित्तीय स्थिरता प्रतिवेदनअनुसार २०२५ को दोस्रो र तेस्रो त्रैमासिकमा उपभोक्ता ऋण पुनर्संरचना वर्ष–दर–वर्ष ७९ प्रतिशतले बढेको छ।
प्रमुख ब्याजदरमा कटौती भए पनि रूसी अर्थतन्त्रमा देखिएको मन्दीले घरपरिवार र व्यवसाय दुवैमा ऋण जोखिम बढाएको बैंकको विश्लेषण छ। प्रतिवेदनले अर्थतन्त्रभित्र देखिएको कमजोरी जारी रहे पनि कुल ऋणमा भने तीव्र वृद्धि नदेखिएको स्पष्ट पारेको छ।
https://www.youtube.com/watch?v=40QIgRXb7Kg
केंद्रीय बैंकका अनुसार पुनर्संरचनाको निरन्तर उच्च मागले धेरै ऋणीहरू आफ्ना वित्तीय दायित्व पूरा गर्न सङ्घर्षरत रहेको संकेत गर्छ। २०२५ को तेस्रो त्रैमासिकअन्त्यसम्मका छ महिनामा भएको पुनर्संरचनाले देशको असुरक्षित उपभोक्ता ऋण पोर्टफोलियोको ३.६ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनले उल्लेख गर्छ।
विशेषज्ञहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, मूल्यवृद्धि, तथा आय घट्दै गएको अवस्थामा उपभोक्ताको ऋण तिर्ने क्षमतामा थप कठिनाइ आएको बताउँदै आएका छन्।
सिन्ह्वाको सहयोगमा तयार पारेको समाचार सामग्री।
