इभेन्ट्सले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै यस वर्षको दशैं विशेष बनाउन न्युजिल्याण्डका विभिन्न शहरमा नेपाली संगीत, संस्कृति र पर्वको भव्य उत्सव मनाउने तयारी गरेको जनाएको छ ।

कार्यक्रममा चर्चित गायक शिव परियारसँगै लोकप्रिय सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्लेको विशेष प्रस्तुति रहनेछ । आयोजकका अनुसार कार्यक्रममा नेपाली लोक तथा लोकपप संगीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई अविस्मरणीय अनुभव प्रदान गरिनेछ ।

दशैं फेस्ट २०२६ मार्फत प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति, संगीत र पर्वसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध गर्दै दशैंको मौलिकता र घरको अनुभूति दिलाउने विश्वास लिइएको छ ।

आयोजकले न्युजिल्याण्डका विभिन्न शहरबाट सहकार्य, साझेदारी तथा कार्यक्रम आयोजना गर्न इच्छुक समूह र संस्थालाई सम्पर्क गर्न आह्वान गरेको छ ।

“जहाँ रहे पनि दशैंको खुशी र नेपालीपनलाई सँगै मनाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको दशैं फेस्ट २०२६ लाई न्युजिल्याण्डस्थित नेपाली समुदायको ठूलो सांगीतिक उत्सवका रूपमा हेरिएको आयोजकको बुझाइ रहेको छ ।