काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

देउवाको स्वकीय सचिवालयले उनको निर्वाचनमा सहभागिता नहुने जानकारी सार्वजनिक गरेको हो। स्वकीय सचिवालयका सदस्य भानु देउवाले भने,
“नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।”

भोलिदेखि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। देउवाको यो निर्णयसँगै कांग्रेसभित्र आगामी निर्वाचन रणनीतिबारे थप चर्चा सुरु भएको छ।