झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटना भएकी एयरको विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। ९एन–एमएफ कलसाइन भएको एटीआर ७२ विमान अवतरणको क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विमानमा ५१ जना यात्रु सवार थिए। सबै यात्रु सुरक्षित उद्धार भइसकेको जानकारी प्रवक्ताले दिनुभयो।