काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ। सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि उक्त सहमति सम्पन्न भएको हो।
सहमतिअनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने भएको छ। सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन्।
