न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले राजनीतिक बहस र विवादमा परिवारलाई तान्न नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्।

बुधबार टोंगामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रिस हिप्किन्स र उनकी पूर्वपत्नीबीच सामाजिक सञ्जालमार्फत आएका आरोप–प्रत्यारोपबारे टिप्पणी गर्न आफू इच्छुक नरहेको बताए।

“देशभित्र भइरहेको छलफलको जानकारी मलाई छ, तर म त्यसमा टिप्पणी गर्दिनँ,” उनले भने, “त्यो विषय क्रिस हिप्किन्सकै व्यक्तिगत विषय हो। म भने देशका काममा केन्द्रित छु।”

परिवारलाई राजनीतिक विवादबाट टाढा राख्नुपर्छ कि भन्ने प्रश्नमा लक्सनले सहमति जनाउँदै भने, “हो, मेरो विचारमा परिवारलाई यस्तो विषयबाट अलग राख्नुपर्छ, त्यसैले म यसबारे केही बोल्न चाहन्न।”