नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित समारोहमा मन्त्री शर्मालाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षाकर्मीहरू तथा संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री शर्माको शपथसँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।
