अकल्याण्ड — न्युजिल्याण्डको अकल्याण्डमा नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रमका साथ मनाइने भएको छ। आगामी अप्रिल १४, २०२६ मा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसको प्रस्तुति, दाजुभाइ प्रडक्सनको आयोजनामा तथा एनआरएनए न्युजिल्याण्डको सहकार्यमा कार्यक्रम सञ्चालन हुन लागेको हो।

आयोजक दाजुभाइ प्रडक्सनका अनुसार कार्यक्रमलाई नेपाली नयाँ वर्ष २०८३ को स्वागतसँगै सांस्कृतिक एकता र पहिचान झल्काउने उत्सवका रूपमा लिइएको छ। कार्यक्रममा नेपाली संगीत, नृत्य र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुति रहनेछ भने नेपाली लोक तथा दोहोरी गायक पशुपति शर्मा र कमेडियन विशाल गौतमले आफ्नो प्रस्तुति दिनेछन्।

साथै कार्यक्रममा नेपाली परिकारका स्टलहरू, समुदायबीच अन्तरक्रिया तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि रहनेछन्। यसले अकल्याण्डमा बसोबास गर्ने नेपाली मात्र नभई अन्य समुदायलाई पनि नेपाली संस्कृति नजिकबाट चिनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

आयोजक दाजुभाइ प्रडक्सनका मनदीप ढकालले कार्यक्रममा सहभागिता जनाउन इच्छुकलाई सुपथ मूल्यमा उपलब्ध टिकट खरिद गरी आफ्नो सिट सुरक्षित राख्न आग्रह गरेका छन्। कार्यक्रम अकल्याण्डको महात्मा गान्धी हलमा आयोजना हुने छ।

टिकट खरिदका लागि तलको लिंकमा जान सक्नुहुनेछ।

https://events.humanitix.com/nepali-new-year-fest-2083/tickets