साउदी अरब

साउदी अरबले तलब नपाएका ६९ जना नेपाली श्रमिकलाई पहिलोपटक सरकारी बिमाबाट २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। दूतावासले दाबी गरेको ४६९ जनामध्ये पहिलो चरणमा ६९ जनाले रकम पाएका हुन्, बाँकीको प्रक्रिया जारी छ।

यी श्रमिक सेन्दान इन्टरनेशनलमार्फत अराम्कोका विभिन्न साइटमा कार्यरत थिए। कम्पनी टाट पल्टिएसँगै उनीहरू महिनौँदेखि तलबविहीन बनेका थिए। साउदी सरकारले सुरु गरेको ‘आप्रवासी श्रमिक तलब बिमा सेवा’ अन्तर्गत ६८५देखि ६१,६०८ रियालसम्म भुक्तानी गरिएको दूतावासको जानकारी छ। दूतावासका अनुसार यस प्रणालीले अब नेपाली श्रमिकका रोकिएका तलब भुक्तानी गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।