न्युजिल्याण्ड।
न्युजिल्याण्ड–नेपाल चेम्बर अफ कमर्सले टौरङगामा आज शुक्रबार ‘बिजनेस कनेक्ट’ कार्यक्रम आयोजना गर्दै छ । चेम्बरका अध्यक्ष राज महर्जनका अनुसार कार्यक्रममा न्युजिल्याण्डमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली उद्यमी, गैर–नेपाली व्यवसायी, विद्यार्थी, सर्वसाधारण तथा टौरङगा काउन्सिलका प्रतिनिधिको समेत उपस्थिति रहने छ।

चेम्बरको वार्षिक कार्यक्रम अन्तर्गत रहेका गतिविधिमध्ये यो कार्यक्रम विशेष रूपमा व्यवसायीहरूबीच नेटवर्क विस्तार र सम्भावित सहकार्यका अवसर पहिचान गर्ने उद्देश्यले गर्न लागिएको हो । अध्यक्ष महर्जनले परदेशीकुरासंग भने, ‘ पिपुल फलो दि पिपुलस भन्ने अवधारणालाई आत्मसात गर्दै कार्यक्रम अघि बढाइएको बताउँदै व्यवसाय विस्तारका लागि यसले उपयोगी मार्गदर्शन र सञ्जाल निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त लिएको छु ।’
‘Connect and Grow’ हाम्रो मूल नारालाई कसरी व्यवहारमा उतार्ने भन्ने अधिकार व्यवसायीहरूकै हातमा छ। हामी बाटो देखाउने प्रयास गर्छौं, तर अघि बढ्ने निर्णय भने व्यवसायी साथीहरूकै हुन्छ,” अध्यक्ष महर्जनले थपे ‘आफ्नो ब्यापारको बारेमा विस्तार गर्ने, अरुलाई जानकारी गराउने यो उपयुक्त र बलियो माध्यम हो ।’
